सुशान्तका साथी सन्दीपले गरे आत्महत्या

काठमाडौँ । भारतीय अभिनेता सन्दीप नाहार झुन्डिएको अवस्थामा फेला परेका छन् । उनले मङ्गलबार मुम्बईस्थित गोरे गाउँमा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । प्रहरीले यस विषयमा छानबिन गरिरहेको छ ।

क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी : द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्त सिंह राजपूतको साथीको भूमिका निभाएका थिए । साथै ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा देखिएका थिए । त्यस्तै, उनले वेब सिरिज ‘कहने को हमसफर’ मा पनि काम गरेका थिए ।

घटनाको केही घण्टाअघि उनले आफ्नो फेसबुक पेजमा एक सुसाइड नोट पोस्ट गरेका थिए । जसमा उनले लेखेका थिए, ‘अब जिउने इच्छा नै छैन ।’ साथै उनले फेसबुकमा १० मिनेटको भिडियो पोस्ट गरेका छन् जसमा उनले पारिवारिक समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन् ।

प्रतिक्रिया