प्रेममा छिन् नायिका रञ्जना शर्मा

नायिका रञ्जना शर्मा अमेरिकामा रहेर जिन्दगी बिताउँदै छिन् । निर्देशक श्याम भट्टराईसङको सम्बन्ध टुङ्गिए पनि उनी अर्की नायिका अरुणिमा लम्साल लगायतसँग उतै रहेर रमाइलो गर्दै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा प्रशस्तै छन् ।

पछिल्लो समय भने उनले आफू प्रेममा रहेको बताएकी छन् । सामाजिक सञ्जालमा प्रणय दिवस आसपास रहेर उनले आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् । काठमाडौँका निकेश सिलवालसँग उनी बाल्टिमोरमा एक साथ बस्दै आएकी छन् । काठमाडौँका निकेशले होटेल म्यानेजमेन्ट अध्ययन गरेका छन् भने ह्याप्पिनेस एड्भोकेटको रूपमा अमेरिकामा रहेर काम गरिरहेका छन् ।

केही दिन यता उनले आफू प्रेममा रहेको सङ्केत सामाजिक सञ्जाल मार्फत दिँदै आएकी थिइन् ।

प्रतिक्रिया