गोपी कृष्ण हल भत्काइँदै‚ २५ तले नयाँ भवन बन्ने

काठमाडौँ । काठमाडौंको चाबहिलमा अवस्थित गोपीकृष्ण सिनेमा हलको भवन धमाधम भत्काउन काम भइरहेको छ ।

गोपीकृष्ण हलका म्यानेजर प्रदिप दाहालले २५ तले नयाँ भवन बनाउने योजनाअनुसार हल भत्काइएको जनाएका छन् ।

गोपी, कृष्ण, राधा र मिरा हल भत्किएपनि ओम, नम, शिवाय भने सञ्चालनमा आउने दाहाल बताउँछन् ।

नयाँ प्रविधि जडान गरेर दर्शकलाई हलसँग जोडिराख्न यी तीन हल सञ्चालन गर्न लागिएको हो ।

३ वर्षमा सम्पन्न हुने भनिएको २५ तले नयाँ भवनमा सपिङ मल, मल्टिप्लेक्स हल, पाँच तारे होटेललगायतका संरचना निर्माण हुने तयारी रहेको दाहालले बताए ।

प्रतिक्रिया