प्रभासको ‘राधे श्याम’ टिजर सार्वजनिक

एजेन्सी । ‘भ्यालेन्टाइन डे’को अवसरमा दक्षिण भारतीय अभिनेता प्रभासको आगामी चलचित्र ‘राधे श्याम’ को टिजर सार्वजनिक भएको छ l

टिजरमा प्रभास र पूजा हेगडेको प्रमुख भूमिका रहेको देख्न सकिन्छ। रिलिज गरिएको टिजरमा प्रभास लभर ब्वाइको भूमिकामा देखिएका छन् ।

राधा कृष्ण कुमारको निर्देशन तथा लेखन रहेको चलचित्रमा प्रभास र पूजासँगै भाग्य श्री, सचिन खेडेकर, कुनाल रोय कपूरलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया