बाइक ग्यालरीका रुपमा एसजे मोटो स्थापना

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीका सञ्चालक सौरभ ज्योतिले मोटरसाइकल पारखीलाई एक फरक अनुभव प्रदान गर्न
एसजे मोटोको स्थापना गरेका छन् । विगत ५० वर्षभन्दा बाइकको ट्रेडिङ गर्दै आएको उक्त कम्पनीले बाइक ग्यालरीका रुपमा उक्त एसजे मोटो सञ्चालनमा ल्याएको हो ।

माघ ३० गते लन्च गरिएको एसजे मोटोमा सुपर बाइकका साथै नेपालको इतिहास बोकेका केही ऐतिहासिक मोटरसाइकको संकलन गरिएको छ । मोटरसाइकल पारखीले उक्त ठाउँमा सुपरबाइक अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफी र नेपालको संस्कृति झल्कने खानेकुराको पनि आन्नद लिन सक्ने छन् ।

नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित उक्त एसजे मोटोको रिटेल सेक्सन मार्फत ग्राहकले नयाँ तथा रिकन्डिसन सुपरबाइक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डिसी का सामान समेत खरिद गर्न सक्नेछन् ।

आफ्नो रहरलाई यथार्थमा परिणत भएको भन्दै कम्पनीका संस्थापनक सौरभ ज्यातीले खुसी व्यक्त गरेका छन् ।

‘विगत २५ वर्षदेखि मैले मेरो रहरहरु संगाल्दै आएको छु,’ उलने भने, ‘आजको दिनसम्म आइपुग्दा मैले नयाँ प्रविधिमा आधारित मोटरसाइकल र नेपाली इतिहास बोकेका ऐतिहासिक मोटरसाइलमा लगानी गरेको छु । मेरो जस्तै कथा तपाईंको पनि होला, मेरो जस्तै रहर तपाईंहरुको पनि होला त्यसैले तपाईं जस्तै मोटरसाइकल पारखीको लागि खुलेको हो एसजे मोटो ।’

प्रतिक्रिया