दर्जन बढी कलाकार नेपाली काङ्ग्रेस प्रवेश

नेपाली काङ्ग्रेस दर्जन बढी चलचित्रकर्मी प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस सूचना तथा सञ्चार विभागअन्तर्गत टेलिभिजन उपसमितिको संयोजकत्वमा वरिष्ठ चलचित्रकर्मी नीर शाहको अगुवाइमा कार्यक्रमको आयोजना भएको थियो । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिवार आयोजित समारोहमा कलाकर्मीहरू पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई सभापति देउवाले पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गर्ने कलाकर्मीहरूमा मेकअप आर्टिस्ट सन्तु तामाङ,  द्वन्द्व निर्देशक एनबी महर्जन, पत्रकार बिजयरत्न तुलाधर, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र सङ्घका उपमहासचिव एवम् चलचित्र वितरक गोपाल कायस्थ, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, स्क्रिप्ट राइटर अभिमन्यु निरवी, चलचित्र पत्रकार सङ्घ नेपाल उपाध्यक्ष दीपज्योति थापा, निर्माता/कलाकार प्रभाकर श्रेष्ठ, निर्माता/कलाकार सुनिल श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सबिन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठ लगायत चलचित्रकर्मी छन् ।

पार्टी प्रवेश कार्यक्रममा सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा पूर्वसहमहामन्त्री डा.प्रकाश शरण महतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना विशेष गरी चलचित्र निर्देशक समाजका महासचिव तथा टेलिभिजन उपसमितिका सदस्य सचिव जनक दीप पराजुली र उपसमितिका सदस्यहरू कलाकार सुशान्त श्रेष्ठ, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई र नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले गरेका हुन् ।

प्रतिक्रिया