नेकपाले ३ वर्षमा दिएको उपहार- दम्भ, द्वन्द्व र भ्रष्टाचार

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा नेकपाले देखाएका रंगिन सपनाहरूको उडान पाइलट बनेका प्रधानमन्त्री ओलीकै कारण दुर्घटनामा परेकोले टिप्पणी गरेका छन् । सरकार गठन भएको तीन वर्ष पुगेको स्मरण गर्दै शर्माले बिहान ट्विटरमार्फत यस्तो टिप्पणी गरेको हुन् ।

नेकपालाई विश्वास गरी मत दिएका जनताको मनमा अहिले न बिर्सेँ तिमिलाई न पाएँ तिमिलाई, भन्ने गीतको भाव गुञ्जिरहेको शर्मा बताउँछन् । ‘न बिर्सेँ तिमिलाई न पाएँ तिमिलाई, बिना अर्थ दिलमा सजाएँ तिमिलाई ३ वर्षअघि दिएको मत सम्झँदै जनताको एकालापमा आज सायद यही गीत छ’ शर्माले व्यंग्य गर्दै भनेका छन् ।

नेकपाले यो तीन वर्षमा दम्भ, द्वन्द्व र भ्रष्टाचार दिएको उनको भनाई छ । ‘नेकपाले देशलाई तीन वर्षमा दिएको तीन उपहार- दम्भ, द्वन्द्व र भ्रष्टाचार हो,’ शर्मा अगाडि भन्छन्, ‘सरकारको सार समिक्षा यति नै । शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन ।’

केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको आज तीन वर्ष पुगेको छ । प्रधानमन्त्री ओलीले सिंहदरबारबाट तीन वर्षमा भए गरेका मुख्य कामहरू प्रेस बिफ्रिङ गर्ने तयारी छ ।

  • सम्बन्धित समाचार

-सरकारका ३ वर्ष, उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री
-देशभर प्रदर्शन गर्दै कांग्रेस, देउवा बुटवलमा
-अधिनायकवाद तर्फ सरकारको अर्को फड्को : कांग्रेस

प्रतिक्रिया