नेपालमा टिभिएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

काठमाडौं । टिभिएस मोटर कम्पनीले आइतबार मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभिएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभिएस एनटर्क १२५ को विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ‚ जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर भएको कम्पनीले जनाएको छ ।

सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याकप्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षक रंगइन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइनमार्फत् प्रत्येक मार्भल सुपर हिरोसँग सम्बन्धित सूक्ष्म भेदहरु ल्याउने कम्पनीले जनाएको छ ।

जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादन सार्वजनिक गर्दै भने, ‘हामी जेएमपिएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नविन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाइएको स्कूटर हो । नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५को लागी ‘वाहुफ्याक्टर’ सिर्जना गर्ने उद्देश्य राखेका छौं।’

प्रतिक्रिया