कोभिड १९ अपडेट : आइतबार थप १०४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै १३१ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा १ हजार ६ सय ४ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा ७९ जना छन्।

कूल संक्रमितमध्ये २ लाख ६९ हजार ६० जना निको भइसकेका छन् भने मृत्यु हुनेकव् संख्या २ हजार ५४ पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया