प्रचण्ड-माधव पक्षद्वारा चौथो चरणको संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । प्रचण्ड-माधव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
नेकपाको केन्द्रीय संघर्ष समितिले आइतबार एक पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमअन्तर्गत फागुन ६ गते टुँडिखेलमा मानव साङ्लो निर्माण गरी एक घण्टा विरोध प्रदर्शन गरिने निर्णय गरिएको जानकारी दिएको छ ।
५ गतेदेखि १२ गतेसम्म सबै जिल्लामा विरोध प्रदर्शन गरिने समितिले जनाएको छ ।
आन्दोलनका कार्यक्रमहरू :
फागुन ५ गते देखि १२ सम्म सबै जिल्लामा विरोध प्रर्दशन गरिने।
फागुन ६ मा टुँडिखेल वरपर मानव साङ्लो निर्माण गरी १ घण्टा विरोध प्रर्दशन गरिने।
फागुन ७ गते वडा वडा स्तरमा विरोध प्रर्दशन गरिने।
फागुन ७ गते देखि १५ सार्वजनिक स्थलमा प्रतिगमनविरुद्ध हस्ताक्षर संकलन गरिने। उक्त कार्य सबै वडा स्तरसम्म हुने।
फागुन ८ गते वृहत् अन्तरक्रिया गरिने।
फागुन ९ मा महिला हिंसाविरुद्ध महिला नै सहभागी भएर विरोध गरिने। उपत्यका बाहिर पनि प्रर्दशन गरिने।
फागुन १० मा दलित मोर्चाले विरोध गर्ने।
फागुन ११ मा मधेसी,आदिवासी,जनजातिले सांस्कृतिक झाँकि सहित विरोध गर्ने
फागुन १२ मा चितवनमा २१ गते दाङमा ठूलो सभा गर्ने ।अध्यक्षद्वयले सम्बोधन गर्ने
जनकपुर र नेपालगन्जमा पनि सभा गरिने भएपनि दिन पछि तोकिने बताइएको छ।
फागुन १४ मा युवाको वृहत विरोध र्याली निकाल्ने।
फागुन १५ गते किसान महासंघको नेतृत्वमा विरोध गरिने।










