निजामती कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरू

काठमाडाैं । निजामती सेवाका कर्मचारीलाई कोभिड – १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।आइतबारदेखि निजामती कर्मचारी अस्पताल बानेश्वरबाट उनीहरूलाई खोप लागाउन थालिएको हो ।

अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी‚ निजामती सेवाअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर खाेप प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले जानकारी दिइन् ।

प्रहरी, वकिललाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनकाे भनाइ छ । उनका अनुसार पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्रअनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइनेछ । आइतबार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया