सलमानको ‘टाइगर ३’ मा इमरान !

एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनीत चलचित्र ‘टाइगर ३’ मा इमरान हासमी जोडिने सम्भावना रहेको छ । उनलाई निर्माण टिमले नकारात्मक भूमिकाका लागि अनुरोध गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ  । चलचित्रको छायाङ्कन मार्चमा मुम्बईबाट सुरु हुने छ भने चलचित्रमा सलमानसँगै कटरीना कैफको मुख्य भूमिका रहने छ ।

चलचित्रमा आदित्य चोपडाले २ अर्ब १५ करोड भारतीय रुपैयाँ लगानी गर्नेछन् । चलचित्र सुपर हिट बनाउनका लागि चलचित्रको प्रिन्ट र पब्लिसिटीका लागि २० देखि २५ करोड भारतीय रुपैयाँ छुट्याइएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

प्रतिक्रिया