नछुटिने सृष्टि-सौगात जोडी

काठमाडौँ । सृष्टि श्रेष्ठ र सौगात मल्ल प्रेममा छन् । उनीहरू विवाहको तयारीमा रहेको खबर पनि पुरानै भयो । विवाह छोडौँ, अहिले उनीहरू पुन नयाँ चलचित्रमा एक साथ देखिने भएका छन् ।

प्रेममा परे पश्चात् अधिकांश चलचित्रमा यो जोडी छुटेको छैन । हाल सालै चलचित्र दि सेक्रेट्स अफ राधामा समेत यी दुईको जोडी बाँधिने पक्का भएको छ ।

मासु भात, पोइ पर्‍यो काले, माइकल अधिकारी र तीन जन्तुमा यी दुई एक साथ थिए ।

चलचित्रको पर्दामा जोडी जमेको खासै देखिँदैन । तर रियल सँगै यी दुई रिलमा समेत एक साथ रहन चाहन्छन् ।

आफै पनि चलचित्र बुझ्ने मान्छे भएकोले निर्माण टिमको बाध्यता तर्फ पनि सौगातले ध्यान दिए हुने हो की ? नभए त निर्मातालाई टिक्न गाह्रो होला जस्तो छ ।

प्रतिक्रिया