दिल्ली उडे झलनाथ खनाल
२०७७ माघ ३० गते

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका हुन् ।
बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट नेता खनाल दिल्ली प्रस्थान गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार ‘अपोलो अस्पतालमा स्वास्थ्य जाँच गराएर खनाल सोमबार काठमाडौं फर्किनेछन् ।
२०७७ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित








