‘सत्तामा पुगेकाहरु ठिक्क मात्र उम्लिए हुने’

काठमाडौँ । नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विषयमा चर्को आक्रोश देखिएको छ । सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले पक्राउको विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा एकातिर पक्राउको विरोध गरिएको छ भने अर्कातिर उनको अभिव्यक्तिले राज्यविरुद्धको कसूरको धारा ५८ लाई आकर्षित नगर्ने जिकिर गरिएको छ ।
उनलाई तत्काल रिहा गर्न पनि माग गरिएको छ । यसरी माग गर्नेमा नेकपाका नेताहरुमात्र नभएर अन्य दलका नेताहरु तथा विभिन्न पेशाका ब्यक्तिहरु छन्
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानले ग्यारेन्टी गरेको बिचार तथा अभिब्यक्ति स्वतन्त्राको पेजको फोटोसहित राखेर भनेका छन्,…………संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लँघन गरेपछि किन नबोल्ने ? सरकारको काल आएकै हो त ?
कांग्रेस नेता गगन थापाले घटना लगत्तै सामाजिक सञ्जालमा घटनाको विरोध गरेका छन् । यस्तै, नेकपाका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मा, विष्णु रिजाललगायतले घटनाको विरोध गरेका छन् । यस्तै, राप्रपाका अध्यक्ष कमल थापाले पनि घटनाको विरोध गरेका छन् ।
ट्वीटर तथा फेसबुकमा कसैले सिधै घटनाको विरोध गरेका छन त कसैले लाक्षणिक र प्रतिकात्मक रुपमा विरोध गरेका छन् ।
ब्यवसायी तथा लेखक जुगल भुर्तेलले अदि अमिनको एउटा भनाइ राख्दै ट्वीट गरेका छन् जहाँ भनिएको छ ‘अभिब्यक्ती स्वतन्त्रता छ तर अभिब्यक्ति स्वतन्त्रतापछिको स्वतन्त्रता भने म ग्यारेन्टी गर्न सक्दिन ।’
शल्यचिकित्स रामेश कोइरालाले आक्रोश पोखेका छन् ‘रबर स्ट्याम्पलाई महाअभियोग लगाउन सकिने कुरा संविधानमा लेखिएको छ कि छैन ? हद भो क्या’
लेखक तथा पत्रकार केदार शर्माले चोटिलो गरि लेखेका छन्, ‘संवैधानिक राजाको नाम लिएर फलानो चोर देश छोड भनेर सत्तामा पुगेकाहरु ठिक्क मात्र उम्लिए हुने ।’
नेविसंघकी नेत्री एलिजा ढकालले टेवीटरमा हेल्लो सरकारलाई मेन्सन गर्दै लेखेकी छन् ‘हेल्लो सरकार रामकुमारी झाँक्रीलाई बलात्कार गर्छु भन्ने र त्यहि स्टाटसमा हाँस्नेलाई कारबाही भयो त ?
नेविसंघका नेता मनिष सिंजापतिले लेखेका छन्, हिजो शेरबहादुर देउवाले ओली सरकारमा आए रुन पनि दिंदैनन् भन्दा रामकुमारी झाँक्रीहरु हाँसेका थिए ।
लेखक सावित्री गौतमले लेखेकी छन् । सेतो सारीको राजनीति र राष्ट्रपतिको मनपरी बारेमा रामकुमारी झाँक्रीका अरु कुरा ठिक, तर बालकोट गएपनि हुन्छू भन्ने वाक्यमार्फत गरेको संकेतको समर्थन गर्दिन तर स्पष्ट प्रमाणबिनै यो भनेर यो भन्न खोजेकोू भन्दै पक्राउ गर्न मिल्ने राज्यविरुद्धको कसुरू पनि होइन ओली हतास छन् र ढलिछाड्छन् ।
अधिवक्ता रबिन्द्र भट्टराईले झाँक्रीलाई यो कानून अनुसार पक्राउ गर्ने हो भने नेकपाका अध्यक्ष केपी ओलीसहितका धेरै नेतालाई पक्राउ गर्नुपर्ने तर्क गरेका छन् ।
सामाजिक सञ्जालमा राखिएका प्रतिक्रियाहरुः









