राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु गम्भीर दृष्टिभ्रम : श्रेष्ठ

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् । बिहीबार बिहान झाँक्री पक्राउ परेपछि प्रवक्ता श्रेष्ठले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।
झाँक्रीको गिरफ्तारीले आफ्नो पार्टी आश्चार्यचकित भएको बताउँदै प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैन भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही पनि होइन ।’
यस्तै प्रवक्ता श्रेष्ठले नेतृ झाँक्रीलाई विनाशर्त रिहा गर्न पनि माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको भन्दै झाँक्री बिहीबार बिहान पक्राउ परेकी छन् ।
केही दिनअगाडि आफूनिकटको भेलालाई सम्बोधन गर्न गोरखा पुगेकी झाँक्रीले राष्ट्रपतिलाई बडामहारानी भन्दै बालकोटको प्रसङ्ग जोडेकी थिइन् ।








