हरिहरले पछ्याएका दुई युवती

काठमाडौँ । ज्योतिष हरिहर अधिकारीको पहिचानमा ‘कलाकार’ थपिएको छ । यसै पनि उनको क्रेज लोभ लाग्दो नै थियो । चलचित्र खेलेपछि त जीवनमा पनि परिवर्तन आएको छ । मायालु जो पाएका छन्, चलचित्र जगत बाटै !

उनलाई पछ्याउने, मन पराउने युवतीको सङ्ख्या त धेरै नै छ । तर उनी आफूले भने दुई युवतीलाई पछ्याएका छन्, टिकटकमा । उनले कलाकार निता ढुङ्गाना र बेवारिसे लास व्यवस्थापनका कारण चर्चित सपना रोका मगरलाई पछ्याएका छन् ।

टिकटकमा रमाउने अधिकारीले अधिकांश भिडियो हिन्दी रोमान्टिक गीतमा बनाएका छन् । एकै लोकेसनका निता र हरिहरका भिडियोहरू टिकटकमा देख्न सकिन्छ । साथै उनको एक भिडियोमा निताले ‘ड्वेट’ समेत गरेकी छन् ।


फैलिँदै गएको प्रेमले दुवैलाई सुखद जीवन दियोस्, शुभकामना ।

प्रतिक्रिया