‘ओलीको ठाडो आदेशमा रामकुमारी पक्राउ परिन्’

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । आदिवासी जनजाति मगर संघ नेपाल, केन्द्रीय समितिको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

दाहालले लोकतन्त्रको पक्षमा बोल्दा पक्राउ पर्नु दुःखद् भएको बताएका छन् । ‘प्रधानमन्त्रीको ठाडो आदेशमा हिजोदेखि जबरजस्ती पक्राउ गर्न खोजिएको थियो’, दाहालले भनेका छन्, ‘आज समातेर लगेका छन् । लोकतन्त्रको पक्षमा बोल्दा हिजोदेखि पक्राउ गर्न खोजिरहेका थिए । हामीले रोकेका थियौँ । उहाँ त छुटिहाल्नुहुन्छ । तर, उनीहरुले लोकतन्त्रको पक्षमा बोल्नेलाई पक्राउ गरेर आफ्नो नियत देखाइसके ।’

दाहालले ओलीले प्रहरीलाई जसरी भए पनि पक्राउ गर्नुपर्यो भनी दबाब दिएको पनि बताएका छन् ।

प्रतिक्रिया