‘नागिन’ आमा

एजेन्सी । कलाकार अनिता हस्सनन्दनी अर्थात पछिल्लो समयकी ‘नागिन’ ले ३९ वर्षको उमेरमा हिजो मंगलबार पहिलो सन्तान जन्माएकी छन् । अनिता आमा बनेको खबर उनका श्रीमान रोहित रेड्डीले इन्स्टाग्राममार्फत जानकारी गराएका हुन् । आफ्नो र श्रीमतीको फोटो सेयर गर्दै रोहितले क्याप्सनमा लेखेका छन्, ‘ए केटो’ ।  इन्स्टाग्राम स्टोरीमा समेत रोहितले आफ्नो र अनिताको फोटोहरू सेयर गरेका छन् ।

हिन्दी, तेलुगु र तमिल चलचित्रमा अभिनय गरेकी अनिता केही समयदेखि टेलिश्रृङ्खलामा काम गर्दै थिईन् । उनी कलर्स टिभीबाट प्रसारण हुने नागिन ३, नागिन ४ तथा स्टार प्लसबाट प्रसारण हुने ‘काभ्याञ्जली’ र ‘ये है मोहब्बत’ टेलिश्रृङ्खलाका पात्रहरूबाट परिचित  छिन् ।

अनिता र रोहित दुवै  कलाकार हुन् र उनीहरू विगत ८ वर्षदेखि विवाह सम्बन्धमा रहेका छन् ।

प्रतिक्रिया