कलाकार राजीव कपूरको निधन
२०७७ माघ २७ गते

एजेन्सी । भारतीय चलचित्रकर्मी राजीव कपूरको निधन भएको छ । ऋषि कपूर र रणधीर कपुरका भाइ राजीवको ५८वर्षको उमेरमा आज मङ्गलवार निधन भएको हो । हृदयघात भए पछि अस्पताल लागेकोमा उनलाई डाक्टरले मृतक घोषित गरेका थिए ।
रणधीरले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै निधनको खबर पुस्टी गरेका छन् । साथै नीतु कपुरले सामाजिक सञ्जालमा ‘आरआईपी’ लेख्दै समवेदना व्यक्त गरेकी छन् ।
‘एक जान हे हम’ चलचित्र मार्फत सन् १९८३मा अभिनयमा डेब्यु गरेका थिए । उनलाई चिनाउने चलचित्र भने ८५सालको ‘राम तेरी गङ्गा मैली’ बन्न पुग्यो । उनले चलचित्र ‘आ अब लौट चले’ मा लगानी गर्दै निर्माता बनेका थिए भने ‘प्रेम ग्रन्थ’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए ।
२०७७ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








