कंगनालाई ‘भगवान’ बन्न खोजेको आरोप

कंगना रनावत पछिल्लो समय आफ्नो चलचित्रलाई लिएर विवादमा आइरहेकी छन् । सामाजिक सञ्जालमा सक्रिय कंगनाले ‘धाकड़’ चलचित्रको २ तस्बिर सार्वजनिक गरिन् । एक्सन अवतारमा देखिएकी उनको हातमा बन्दुक छ । यो तस्बिरलाई लिएर उनले मिश्रित प्रतिक्रिया पाइरहेकी छन् ।
यस चलचित्रमा उनी एजेन्ट अग्निको भूमिकामा देखिने छिन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ,’उनलाई अग्नि भन्छन्, मेरो भूमिका मृत्युकी देवी भैरवीमा आधारित छ ।’
धेरै तारिफबिच उनलाई एक तितो आलोचना प्राप्त भएको छ । दर्शकले पटक पटक भगवानलाई उदाहरण मानेको, भगवानसँग आफूलाई दाँजेको आरोप लगाएका छन् । ट्विटरलाई चीनको कठपुतली भनेपछि साथै किसान आन्दोलनमा कंगनाले दिएको अभिव्यक्ति पछि उनलाई नकारात्मक टिप्पणी गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।
‘धाकड़’ मा कंगनाको साथमा अर्जुन रामपाल, दिव्या दत्ता लगायतको अभिनय रहेको छ । चलचित्र २०२१को अक्टुवर एक तारिक रिलिज तयारी रहेको छ ।








