निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आज बिहान निर्वाचन आयोग जान लागेका हुन् ।

छलफलका एजेण्डा तय नभएपनि निर्वाचन तयारीबारे बुझ्न प्रधानमन्त्री ११ बजे आयोग जाने नेता सुवासचन्द्र नेम्वाङले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार चुनावका कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराउनेछन् ।

आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै समूहले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

प्रतिक्रिया