ओलीनिकट युवा संघको अध्यक्षमा बचनबहादुर सिंह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । संघको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले सिंहलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकबाट सहअध्यक्ष पदमा किरण पौडेल र महासचिव पदमा रमेश आचार्य चयन भएका छन् । सिंहले आगामी जेठसम्म संघको नेतृत्व गर्नेछन् । जेठमा उनी ४० लाग्ने भएकाले त्यसपछि सहअध्यक्ष पौडेलले नेतृत्व सम्हाल्ने भएका छन् ।

आइतबारबाट सुरु युवा संघको बैठकले यसअघिका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई संगठनको अध्यक्षबाट हटाएको थियो । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि पार्टीमा देखिएको विभाजनयता दीपशिखा नेकपा प्रचण्ड-माधव समूहमा लागेका थिए ।

प्रतिक्रिया