‘तेन्जिङ’ बनाउँदै ओबामा दम्पती
२०७७ माघ २६ गते

एजेन्सी । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले चलचित्र बनाउने भएका छन् । ओबामा दम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले चलचित्र निर्माण गर्न लागेको हो । जेनिफर पिडमले निर्देशन गर्ने चलचित्रको नाम ‘तेन्जिङ’ हुनेछ ।
इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’ पुस्तकमा आधारित चलचित्र बन्ने भएको छ । तेन्जिङले सगरमाथा चढ्न गरेको सङ्घर्ष, मेहनत र सफलतालाई चलचित्रले देखाउनेछ । चलचित्रको सम्पूर्ण छायाङ्कन सगरमाथा क्षेत्रमा हुने छ ।
२०७७ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








