छायाकार जनकराज अधिकारीको निधन

काठमाडौं । छायाकार जनकराज अधिकारीको निधन भएको छ । उनले माघ २५ गते राती झुन्डिएर आत्महत्या गरेका हुन् । आफ्नै अफिसमा मृत फेला परेका अधिकारीले सामाजिक सञ्जालमा समय समयमा ‘परिस्थितिसँग लडेर जिउने’ भन्ने भावका स्ट्याटस पोस्ट गर्ने गर्थे ।

नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले फेसबुकमा स्ट्याटस लेख्दै आत्महत्या बारे जानकारी गराएका हुन् । करिश्मा मानन्धर, जय किसन बस्नेत लगायत धेरै चलचित्र कर्मीले उनको निधनप्रति दुख व्यक्त गरेका छन् । चलचित्रको साथै गीत सङ्गीत छायाङ्कनमा समेत उत्तिकै अब्बल मानिन्थे । उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया