यस्तो देखियो प्रधानमन्त्रीको शक्ति प्रदर्शन [तस्वीरहरु]
२०७७ माघ २३ गते
![यस्तो देखियो प्रधानमन्त्रीको शक्ति प्रदर्शन [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/IMG_6348.jpg)
|प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः मकालु खबर|
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । नारायणहिटी दरबारअगाडि आमसभा राखेर गरेको शक्ति प्रदर्शनलाई ओली आफैँले सम्बोधन गरेका थिए ।
प्रदर्शनमा झण्डै १ लाखको हाराहारीमा नेता/कार्यकर्तासँगै समर्थकको सहभागिता रहेको आयोजकको दाबी छ । सभामा प्रदीप ज्ञवाली, वसन्त नेम्वाङ्ग, पद्म अर्याल, प्रभु साह, टोपबहादुर रायमाझी, प्रेम आले, जुलीकुमारी महतो, लेखराज भट्ट, भानुभक्त ढकाललगायतका क्याबिनेट मन्त्रीहरु सहभागी थिए ।
यस्तै मुख्यमन्त्रीहरु शंकर पोखरेल, शेरधन राई, पृथ्वीसुब्बा गुरुङलगायत पनि सहभागी भएका थिए । सभालाई खासगरी ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए । सभाबीच विभिन्न सांस्कृतिक पोशाकमा समेत प्रदर्शन गरिएको थियो ।


२०७७ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








