अवरोध गर्दै बन्दकर्ता, खुलाउँदै प्रहरी [फोटोफिचर]

काठमाडौँ । आम हड्ताल सफल पार्न नेकपा (प्रचण्ड-नेपाल)समूहका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् । उनीहरु आंशिक रुपमा खुलेका पसल बन्द गराएका छन् भने सडकमा देखिएको सवार्री सञ्चालनमा रोक लगाएका छन् ।

उसो त सामान्य अवस्थामा जस्तो सार्वजनिक तथा निजी सवारी साधान चलेका छैनन् । सीमित मात्रामा चलेका सार्वजनिक गाडीमा विशेष कामले गन्तव्यमा पुग्नु पर्ने यात्रु सवार भएका छन् । ती सवारीलाई पनि बन्दकर्ताले अवरोध गरिरहेका छन् । काठमाडौंको चावहिलमा सवारी पूर्णरूपमा बन्द गरिएको छ ।

बन्दकर्ताले अवरोध गर्दैगर्दा त्यहा तैनाथ रहेको प्रहरीले सुचारु गरिरहेको देखिन्छ । बन्द आह्वान गरेको नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता तथा कार्यकर्ताले काठमाडौँका विभिन्न क्षेत्रमा मुल सडकमै नाराबाजी गरेका छन् ।

  • तस्बिर : सृष्टि नेपाल / धनबल राई 
प्रतिक्रिया