हड्तालले आम नागरिकलाई सास्ती [फोटोफिचर]
२०७७ माघ २२ गते
![हड्तालले आम नागरिकलाई सास्ती [फोटोफिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/nisedhagya-makalu-khabar-1A.jpg)
काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण संघीय राजधानी काठमाडौं लगायत देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहानैदेखि सार्वजनिक तथा निजी सवारी कम चलेका छन् भने पसल-व्यवसाय, स्कुल-कलेजहरु पनि खुलेका छैनन् ।
मुख्य सडक आसपासमा पसल खुलेका छैनन् भने भित्री क्षेत्रका पसल-व्यवसाय सन्चालनमा छन् । बन्दकर्ताले आत्यावश्यक सेवाका सवारीलाई सन्चालनमा रोक नगर्ने बताएका छन् ।
हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग मुठभेड हुँदा सो समूहको ७७ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।
हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् । उनीहरुलाई गाडी पर्याप्त रुपमा नचल्दा समस्या भएको छ ।

२०७७ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








