सुष्मासंग उत्सव र आरतीले माफी मागेपछि विवाद टुंगियो

काठमाडौं । नायिका सुष्मा कार्की र रंग पत्रकार उत्सव रसाईली र आरती बीचको विवाद टुंगिएको छ । बुधबार दिनभरको छलफलपछि विवाद माफी मागेर टुंगिएको हो ।

उत्सव र नायिका श्वेताकी बहिनी आरतीले सुष्मासंग माफी मागेका छन् । मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा सुष्माले आफूमाथि कुटपिट भएको भन्दै उजुरी दिएकी थिइन् ।

उत्सवले केही कुरामा असमझदारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै माफी मागे ।उनले, आगामी दिनमा यस्ता खालका विवाद, भनाभन हुने छैन भन्ने सहमती पनि भएको बताए ।

सुष्माले भनिन्, ‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई माफी दिएकी छु ।’  नायिका सुष्मा कार्कीलाई आरतीले कुटपिट गरेकी थिइन् ।

प्रतिक्रिया