प्रचण्डविरुद्धको अवहेलना मुद्दा : आफैँ लिखित जवाफ पेश गर्न आदेश
२०७७ माघ २१ गते

|पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्वीरः मकालु खबर|
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वोच्च अदालतले आफैँ लिखित जवाफ पेश गर्न भनेको छ ।
बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न भनेको हो ।
केही दिनअगाडि प्रचण्डले रत्नपार्कको शान्तिबाटिकाबाट केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिले अदालतको समेत अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
यसअघि प्रचण्डले ‘केपी ओलीको निरङ्कुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं–लाख जनता सडकमा उतार्ने र गल्ती सच्याउने’ भनी अभिव्यक्ति दिएका थिए ।
२०७७ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








