बलिउडमा डेब्यू गर्दै विजय

काठमाडौं । दक्षिण भारतीय सिनेमामा चर्चा बटुलेका अभिनेता विजय देबरर्कोण्डा बलिउडमा डेब्यू गर्ने भएका छन् ।

करण जोहरको सिनेमा लाइगुरुबाट उनी बलिउडमा पदार्पण गर्दैछन् । पुरी जगन्नाथले निर्देशन गर्ने एक्सन सिनेमाको मुख्य भूमिकामा विजय देखिने छन् ।

यस्तै उनी करण जोहरसंगै अन्य दुई सिनेमामा पनि काम गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । तीन वटै सिनेमाका लागि उनले झण्डै एक सय करोड भारतीय रुपैयाँ लिएका छन् ।
उनले ‘अर्जुन रेड्डी’बाट सर्वाधिक चर्चा कमाएका थिए ।

प्रतिक्रिया