बानेश्वरमा प्रहरीबाट कुटिए विद्यार्थी नेता

काठमाडौं ।

अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशुन कार्कामाथि कुटपटि भएको छ । अनेरास्ववियूले काठमाडौंको नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी उनीमाथि कुटपिट गरेको हो ।

विरोध कार्यक्रम सकिएर फर्कने क्रममा गिरफ्तार गरी प्रहरीले कुटपिट गर्दा घाइते भएको केन्द्रीय संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईले जानकारी दिएका छन् ।
प्रहरीको कुटाईबाट कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।

कार्कीमाथि भएको कुटपिटको विरोध गर्दै सहसंयोजक भट्टराईले घोर निन्दा गरेका छन् । कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।

 

प्रतिक्रिया