म्यानमार ‘कू’ : सुकीसहितका नेतालाई तत्काल रिहा गर्न देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारको सैनिक नियन्त्रणमा रहेकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलगायतका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । सोमबार एक ट्वीटमार्फत् देउवाले म्यानमारमा गरिएको सैन्य ‘कू’को निन्दा पनि गरेका छन् । देउवाले जननिर्वाचित सरकार पुनर्स्थापना गर्न माग गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आफूसमर्थित दलको पराजय र सुकीको दलले दुई तिहाईभन्दा बढी सिटमा विजय पाएपछि सेनाले कू गरेको हो ।

म्यानमारमा सोमबार बिहानै त्यहाँको प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, राष्ट्रपतिलगायत नेतालाई नियन्त्रणमा लिएर सेनाले शक्ति हातमा लिएको छ ।

प्रतिक्रिया