सुरेन्द्र पाण्डेको टिप्पणीलाई ‘कठै’ मात्रै भन्न सकिन्छ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नारायणहिटी दरबारअगाडि राखिएको आमसभाबाट कोही पनि झस्कनु नपर्ने बताएका छन् ।

ओपन् स्पेस् अभावका कारण नारायणहिटी अगाडिको सडकलाई आमसभास्थल बनाइएको बताउँदै मन्त्री ज्ञवालीले कोही झस्कन नपर्ने बताएका हुन् । दाहाल–नेपाल नेतृत्वको नेता सुरेन्द्र पाण्डेको टिप्पणीको कटाक्ष गरेका मन्त्री ज्ञवालीले मकालु खबरसँग भनेका छन्, ‘कोही झस्कनु र सशंकित नुहुपर्दैन ।’

यस्तै मन्त्री ज्ञवालीले नेता पाण्डेको टिप्पणीलाई ‘कठै’ मात्रै भन्न सकिने बताएका छन् । ‘उहाँ (सुरेन्द्र पाण्डे) को टिप्पणीलाई कठै मात्रै भन्न सकिन्छ ।

यसअघि नेता पाण्डेले ओलीले २३ गते हिन्दु राष्ट्रको घोषणा गर्ने सुनेको बताएका थिए । नेता पाण्डेले भनेका थिए, ‘त्यही सभामा ओलीले  हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन् । मति बिग्रेपछि मान्छेले जे पनि गर्न सक्छ ।’ ओलीको कदमले ओलीजस्ता राजनेता कोही छैनन् भन्दै दक्षिणपन्थी खुसी भइरहेका पनि पाण्डेले टिप्पणी गरेका छन् । 

प्रतिक्रिया