‘धोकेबाज’ वर्षा !

काठमाडाैँ । नायिका वर्षा सिवाकोटी चलचित्र साइन गरेर छोड्ने नायिकाको रूपमा चर्चित थिइन् । यहीबिच उनीमाथि अर्को आरोप लागेको छ । उनले प्रेममा धोका दिइन् रे ! अब उनीमाथि ‘धोकेबाज’ को उपाधि आइलागेको छ ।

अमेरिका गइरहन मन पराउने उनको प्रेम उतै बस्ने सविनजङ्ग थापासँग परेको चर्चा चलेको थियो । उनी प्रेमीलाई भेट्न  उता पुग्ने गर्थिन् ।

एकै स्थानका सविन र वर्षाका तस्बिर हेरेर यी दुईको प्रेमको अनुमान लगाइएको थियो । केही महिनायता बर्षा स्वयम्ले पनि सम्बन्ध स्वीकारेकी थिइन् ।

पछिल्लो समय भने उनै सविनले इन्स्टाग्राममा वर्षासँगका तस्बिर सार्वजनिक गर्दै सम्बन्ध सकिएको बताएका छन् । आफ्नो निस्वार्थ प्रेमलाई वर्षाले टुक्र्याएको सबिनको आरोप छ ।

वर्षा भने यता ‘रमाएझैँ’ गर्नमा मस्त छिन् ।

प्रतिक्रिया