‘सर्वोच्च अदालतको फैसला मान्य हुन्छ’ : खतिवडा

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधि विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई मान्य हुने बताएका छन् ।

शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले नेपाली कांग्रेस बिधि र प्रक्रियामा चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णय स्वीकार्ने बताएका हुन् ।

उनले संविधानका विरुद्धमा हुने जुनसुकै गतिबिधि पार्टीलाई मान्य नहुने समेत बताए । बैशाखमा मध्यावधि चुनाव भए पार्टी महाधिवेशन सर्न पनि सक्ने खतिवडाकाे भनाइ छ ।

प्रतिक्रिया