सलमानको पहिलो कमाई ७५ रुपैयाँ !

काठमाडाैँ । धेरै कमाइ गर्ने भारतीय अभिनेतामध्ये एक हुन् सलमान खान । उनका अधिकांश चलचित्रले बक्स अफिसमा धमाका मच्चाउने गर्छन् । तर उनै सलमानको पहिलो कमाइ भने जम्मा ७५ रुपैयाँ मात्र थियो ।
मुम्बइकाे ताज होटलमा साथीको साथ लागेर गएका सलमानले कोरसमा नृत्य गरे वापत ७५ रुपैयाँ पाएका थिए । लामो समयसम्म उनको पारिश्रमिक १५ सय भारु थियो । ‘मेने प्यार किया’ मा उनले पहिलोपटक ठुलो रकम ३१ हजार रुपैयाँको काम पाए । पछि यो चलचित्रबाट रकम बढाएर उनलाई ७५ हजार दिईएको थियो ।
सन् २००९ मा प्रदर्शनमा आएको चलचित्र ‘वान्टेड’ पस्चात सलमानका सम्पूर्ण चलचित्र करोड क्लब प्रवेश गरेका छन् । कति चलचित्र त सय करोड क्लब समेत प्रवेश गएका छन् । अब भने सलमान ‘राधे : योर मस्ट वान्टेड भाइ’ मार्फत पर्दामा आउँदै छन् । डिजिटल रिलिजका लागि तयार रहेका सलमानलाई हलवालाले ओटीटी प्ल्याटफर्ममा सार्वजनिक नगर्न गरेको आग्रहलाई स्विकार्दै उनले हलमै प्रदर्शन गर्ने निर्णय गरेका छन् । चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।








