श्रद्धाको निर्णयमा खुसी शक्ति
२०७७ माघ १६ गते

एजेन्सी । वरुण धवनले सामाजिक सञ्जालमार्फत श्रद्धा कपूरको विवाह हुने सङ्केत गरेसँगै यो विषयले चर्चा पाएको छ । श्रद्धा नेपालका फोटोग्राफर रोहन श्रेष्ठसँग लामो समययता प्रेममा छिन् । यो खबरको विषयमा श्रद्धाका बाबु शक्ति कपूरले मुख खोलेका छन् । एक अन्तर्वातामा शक्तिले श्रद्धा र रोहन राम्रो साथी भएको बताएका छन् । तर श्रद्धा, रोहनलाई लिएर सिरियस भएको भने उनलाई थाहा छैन रे । श्रद्धाको जुनसुकै निर्णयमा पनि उनी साथ भने रहनेछन् ।
‘रोहन राम्रो व्यक्ति हुन् । उनी घरमा समेत सानै उमेरबाट आउजाउ गरिरहन्छन् । श्रद्धाले मलाई उसको विवाहको योजनाबारे बताएकी छैनन् । उनले नै नभनेपछि मलाई यो विषयमा थाहा छैन’ शक्ति भन्छन् । शक्ति आफ्नी छोरी जो कोहीसँग पनि खुसी छिन् भने उनलाई साथ दिन तयार रहेको बताउँछन् ।
शक्ति र राहुलका बाबु राकेशबिच लामो समय यता चिनजान छ । धेरैपटक उनीहरूबिच खानपानसमेत भएको यी दुई पुराना मित्र हुन् । रोहनले वरुणलाई विवाहको शुभकामना दिएको पोस्ट सेयर गर्दै वरुणले ‘आगामी नोभेम्बर रोहनको होस्’ भनेर शुभकामना दिएसँगै श्रद्धा रोहनको विवाहको चर्चा चल्न थालेको हो ।
२०७७ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








