‘जनयुद्धताका प्रचण्ड जुल्फी कोरेर दिल्लीमा बस्नुहुन्थ्यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धताका जंगलमा नबसेको दाबी गरेका छन् । ओलीले प्रचण्ड कार्यकर्तालाई मात्रै जंगल पसाएर आफू दिल्लीमा बसेको दाबी गरेका हन् ।

बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । ‘उहाँ जंगल बस्नुभएन’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका छन्, ‘हामीलाई थाहा छ । कार्यकर्ता जंगल पसाउनुभयो । आफू चाहिँ जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुहुन्थ्यो ।’

यस्तै ओलीले विसं २०७४ सालमा प्रचण्डलाई चुनाव आफूहरुले जिताएको पनि बताए । ‘०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो’, ओलीले भनेका छन्, ‘जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र अनुरोध गरेर जिताएको हो ।’

प्रतिक्रिया