बुटवलमा दाहाल–नेपाल समूहको ‘शक्ति प्रदर्शन’

बुटवल । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।

प्रदर्शनमा दुवै अध्यक्ष (दाहाल–नेपाल)सहित नेताहरु वर्षमान पुन, चक्रपाणि खनाललगायतका नेताको सहभागिता रहेको नेपाल सचिवालयले जनाएको छ ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेशको आयोजनामा भएको शक्ति प्रदर्शन–र्‍याली बुटवलका विभिन्न चोक हुँदै लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा पुगी कोणसभामा परिणत भएको छ ।

प्रतिक्रिया