श्याम भट्टराईको ‘नोस्टाल्जिया’

काठमाडाैँ । लेखक तथा निर्देशक श्याम भट्टराई केही वर्ष यता अमेरिकामा छन् । केही महिना अघि विवाह गरेका उनी श्रीमती कुसुमलाई नेपाल मै छोडेर पुन अमेरिका पुगेका छन् ।
उनलाई कहिले उनै श्रीमतीको यादले सताउँछ त कहिले घर परिवार कहिले देश अनि कहिले बाल्यकालले । उनलाई अहिले चलिरहेको चलचित्र क्षेत्रको बेथितिले समेत नबिझाउने भने होइन । यो उनले हामीसँग संवादको क्रममा भनेका भने  होइनन् ।  फेसबुकमा उनले गरेका पोस्टले यसै भन्छन् ।
उनका सात दिनका पोस्ट मात्रै नियाल्दा पनि आमा, चलचित्र क्षेत्रका व्यक्ति, श्रीमती अनि बाल्यकालको यादले सताएको बुझ्न सकिन्छ । बुधबार मध्यराती उनले गरेकाे पोस्ट यस्तो छ,
” कुनै जमाना थियो,
हामी अरूको घरमा ( पहिलो पटक जितेन्द्र राई , त्यसपछि चुणामणी वाग्ले “ मदन दाइ ,” त्यसपछि निल प्रसाद भट्टराई “ जिम्वल वा “ अनि मेरो मैँ हो )टिभी हेर्न रातमा आलीको बाटो हुँदै टर्चको सहारामा 10/15 जनाको समूह बनाएर जान्थ्यौँ 
पछि अनेक जिद्दी गरेर मुमा लाई टिभी खरिद गर्न बाध्य बनाएर आफ्नै घरमा टिभी राखेर हेर्न थालियो ।
धेरै भन्दा धेरै मानिस हेर्न आउने भएपछि घरको बार्दलीमा टिभी राखियो अनि हेर्ने जति सबै फराकिलो आँगनमा हुन्थे 
अलि सफा आउँछ कि भनेर कति पटक वासको टुप्पो मा राखेको एन्टेना घुमाइयो अनि कति पटक सोधियो “ आयो ?” 
आयो आयो नभन्दै कति पटक “ गयो गयो “ सुनियो 
भोलि पल्ट फेरी गाउँभरिकै वासको झ्याग वाट रोजेर सबैभन्दा ठुलो एन्टेना राखेर दूरदर्शन को प्रसारण हेर्दाको आनन्द यी शब्दहरूमा बयान हुनै सक्दैन ।
अझ रमाइलो कुरा त साइकल को पछाडकी ब्याट्री राखेर चार्ज गर्न नौ पर किलोमिटर जानु पर्थ्यो 
फर्केर आउँदा के के न गरे मैले जस्तो । 
आज साथमा ७५” को कलर टिभी छ , 
नेपाल र दूरदर्शन मात्रै होइन , विश्वभरिका च्यानल हरू पनि जोडिएका छन् । 
तर अफसोस यो सबै म कसैलाई देखाउन मात्रै पाउँदिन,
म आफैले हेर्न पनि मैले समय तालिका हेर्नु पर्छ”
स्वदेश हुँदा विदेशको रहर विदेशमा बस्दा देशको माया आँखामा झलल यस्तै त हो मान्छेको मन । हैन त श्यामजी ?
प्रतिक्रिया