छायांकनमा बडीगार्ड जरुरत की चर्चाको भोक ?

  • दिक्षा कट्टेल

काठमाडौं । पुष्प खड्का, साम्राज्ञी आरएल शाह र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ छायांकनको क्रममा रहेको छ । करिब ६० प्रतिशत काम सकिएको यो चलचित्रको छायांकन भौतिक असुरक्षा आएको भन्दै सुरक्षा गार्डको व्यवस्था गरिएको छ ।

सुनिल रावलले बनाउँदै गरेको यो चलचित्रमा के साँच्चै नै असुरक्षा महसुस भएको होला त ? कोबाट असुरक्षित होलान् त कलाकार ? कि पहिले–पहिलेजस्तै चलचित्र चलाउन रावलले हल्ला मात्रै फैलाउने प्रयास गरेका हुन् ? सपिङ्ग मलदेखि रेष्टुराँसम्म मात्रै नभएर सार्वजनिक रुपमा नै सहजै भेटिने यी कलाकारहरुलाई कसले भौतिक आक्रमण गर्छ ? त्यस्तो जोखिमयुक्त काम के गरेका हुन्छन् उनीहरुले ? अन्य देशहरुमा यस्तो व्यवस्था सामान्य लागे पनि नेपालमा भने सिर्फ एउटा फण्डाजस्तो देखिन्छ ।

पूर्वराजासमेत सुरक्षाबिना नै सार्वजनिक स्थलमा देखिरहँदा दुई चार फिल्ममा अनुहार देखिएका कलाकारको यो चटक पाच्य छ त ? यसको जवाफ दिने जिम्मा जानकार दर्शक-श्रोताहरुको हो । अहिलेलाई यत्ति भनौँ– ढर्रा सधैं ढर्रा नै हुन्छ ।

प्रतिक्रिया