जनगणना २०७८ : केन्द्रीय तथ्याङ्क विभागद्वारा ४७ हजार गणक र सुपरिवेक्षक माग

काठमाडौं । सरकारले १२औं राष्ट्रिय जनगणना २०७८ का लागि करारमा कर्मचारी नियुक्त गर्ने भएको छ । जसको लागि केन्द्रीय तथ्यांक विभाग आजैबाट दरखास्त आह्वान गरेको छ ।

३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने विभागले जनाएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिनेसमेत विभागले जनाएको छ ।

इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइनेछ ।

१२औं जनगणना आगामी विसं २०७८ सालको जेष्ठ २५ गतेबाट अषाढ ८ सम्म ‘मेरो गणना, मेरो सहभागगिता’ भन्ने मूल नाराका साथमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया