नीताको व्यथा

नायिका नीता ढुङ्गानाको प्रेम र बिछोडको क्रम चालिनै रहेको छ । अहिले उनी ज्योतिषी हरिहर अधिकारीको प्रेममा चुर्लुम्म डुबेकी छन् । प्रेमले उनलाई अध्यात्म तर्फ आकर्षित मात्रै गरेन भजन गाउने सम्म बनायो ।

तर आज फेरी उनी निराश छिन् । उनी सामाजिक सञ्जालमा लेख्छिन् ‘सक्छौ भने मौनता बुझिदेऊ हरेक प्रश्नको जवाफ हर कोहीसँग हुँदैन ।’

मायामा पौडिरहेकी उनलाई आफ्नै मायालुले बुझेनन् ? कि अरू कसैले ?
सुझबुझको प्रेम पहिला झैँ फासफुस त हुँदैन ?

जसले उनलाई नबुझेका हुन् छिट्टै बुझुन् ता की उनले सबैको सामु गुनासो गर्ने नपरोस् ।

प्रतिक्रिया