सानैबाट एकसाथ वरुण-नताशा

एजेन्सी । भारतीय कलाकार वरुण धवन र नताशा दलाल भोलि (आइतबार) विवाह  गर्दैछन् । विवाहका कार्यक्रम सुरु भैसकेका छन् ।

२८ वर्षीया नताशा व्यावसायिक फेसन डिजाइनर हुन् । उनले न्युयोर्कबाट फेसन डिजाइनिङमा ग्राजुएसन गरेकी हुन् । सन् २०१३मा भारत फर्किएर उनले ‘नताशा दलाल’ सुरु गरिन् जहाँ उनले विवाहका ड्रेस लेहेंगा गाउन डिजाइन गर्ने गर्छिन् ।

वरुण र नताशाले एउटै स्कुलमा पढेका हुन् । करिब २० वर्ष उनीहरू एक अर्काको नजिक रहे । एक अर्काबाट टाढा हुने स्थिति आएपछि उनीहरूले ‘डेट’ गर्न सुरु गरे । दुरीले टाढा भएपछि एक अर्काको महत्त्वको बारेमा बुझ्न सफल भएकाे र त्यसै अनुसार सम्बन्धलाई अगाडी बढाएकाे उनीहरुले बताएका छन् ।

कक्षा ६ मा पढ्दा पहिलो पटक भेटिएका यी दुई १२ कक्षासम्म पुग्दा राम्रो साथी बनेका थिए । स्कुलमै लन्च ब्रेकमा टाढाबाट नताशालाई नियाल्दा आफू प्रेममा परेको अनुभूति भएको वरुणले एक टेलिभिजन कार्यक्रममा बताएका छन् ।

प्रतिक्रिया