बाहिरियो टाइगर अभिनित ‘गणपत’को कथा

टाइगर श्रफको आगामी चलचित्र ‘गणपति’ को कथा बाहिरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको कथा बाहिर आएको हो । चलचित्रमा टाइगरका बाबु ‘फाइट मास्टर’ हुन्छन् । उनीसँगै काम गर्ने व्यक्तिले उनको हत्या गर्छन् । जब यो कुरा टाइगरले थाहा पाउँछन् उनी बदला लिनको लागि कुनै पनि कसर छोड्दैनन् । कथा यही नै हो ।

सुपर ३० निर्देशन गरेका निर्देशक विकास बहालले यो चलचित्र निर्देशन गर्दैछन् । यस चलचित्रमा टाइगरको एक्सनका साथ साथै दर्शकले उनको रिसाहा र क्रूर रूप समेत दर्शकले देख्न पाउनेछन् । २०२२मा प्रदर्शन हुने यस चलचित्रका लागि निर्माण टिम मुख्य महिला कलाकारका लागि नयाँ अनुहारको खोजी गरिरहेको छ ।

प्रतिक्रिया