राजेश पनि भाइरल कै पछि ?

काठमाडौं ।  अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिन थालेका छन् । चार दशक सम्म कम उमेरका मोडलसँग उनी कम्मर मर्काउँदै देखिन्छन् । नाम नै नसुनेका मोडलसँग उनले अभिनय गरे भने पनि अचम्म मान्नु पर्दैन । अहिले देखिएका हमालका भिडियो यस्तै यस्तै छन् ।
यतीमा कहाँ रोकिन्थे र, उनी । उनी त अब भाइरलको पछि समेत लाग्न थालेका छन् । भाइरल बालक सचिन पारीयारसँग उनले भिडियोमा काम गरेका छन् । काँधमा राखेर नचाउँदै गरेका, गफ गर्दै गरेका क्लिप्सहरु सामाजिक सञ्जालमा भाइरल नै छन् ।
के अब हमाल पनि भाइरल कै पछि पर्नुपर्ने स्थिति आएको हो त ?
प्रतिक्रिया