आमा बनेकी अनुस्का
२०७७ माघ ९ गते

छोरी जन्माएपछि पहिलो पटक भारतीय अभिनेत्री अनुस्का शर्मा सार्वजनिक रूपमा देखिएकी छन् । एक प्राइभेट क्लिनिक बाहिर मुम्बईमा देखिएका अनुस्का विराटले पत्रकारलाई तस्बिर खिच्ने अनुमति समेत दिए ।
यी दुईको यस समयको तस्बिर सामाजिक सञ्जालमा भाइरल भाईरहेको छ । जहाँ अनुस्का डेनिममा देखिएकी छन् भने विराट कालो सर्ट पाइन्टमा देखिएका छन् । मस्क लगाएका यी दुई मध्ये विराटको दुई वटा चस्माले भने धेरैको ध्यान तानेको छ । एउटा चस्मा आँखामा छ भने अर्को सर्टमा झुन्ड्याएका छन् ।
३२ बर्सिय अनुस्काले ११ जनवरीमा मुम्बईको एक अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् ।
२०७७ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








