काठमाडौंमा प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड नेपाल समूहले संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक महिनादेखि आन्दोलनरत सो समूहले दोस्रोपटक काठमाडौं केन्द्रित बृहत् जुलुस र विरोध-सभा आयोजना गर्न लागेको हो ।

केन्द्रीय संघर्ष समितिका अनुसार प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् । प्रतिनिधि सभा विघटनको खारेज र संसद् पुनःस्थापना गराउन संघर्ष विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र वाल्मीकी कलेजबाट हुने जुलुसहरुमा विभिन्न नेताहरु उपस्थित हुनेछन् । सबै जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने संयोजक श्रेष्ठको भनाई छ । उनका अनुसार सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । केही पनि होइन, तमासा मात्रै हो : ओली
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शनलाई तमासाको संज्ञा लिएका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो आन्दोलनलाई ‘तमासा’ भन्दै व्यंग्य गरेका हुन् ।

‘देश र जनताप्रति जिम्मेवार नभएकाहरूले जनतालाई सिनेमा देखाउँछन् । सिनेमामा हिरो हुन्छ, हिरोइन हुन्छे, धुमधामका साथ लभ पर्छ । हिरोइन सख्त घाइते हुन्छे, हिरो आकुल-व्याकुल हुन्छ,’ उनले भने, ‘तर, वास्तवमा त्यो लभ परेको, घाइते भएको केही पनि होइन, तमासा मात्रै हो । केही मान्छेले त्यसैगरी तमासा गर्छन्, जनता झुक्याउँछन्, हामीले त्यस्ता तत्वबाट जनतालाई सजग गराउनुपर्छ ।’

प्रतिक्रिया