‘हामी हाम्रो स्वाधीनता जोगाउन सक्षम छौँ ?’
२०७७ माघ ९ गते

अभिनेत्री रेखा थापा। फाइल फोटो।
काठमाडौं । अभिनेत्री रेखा थापाले आफूभित्र रहेको कमजोरीलाई स्वीकार गर्नुपर्ने अभिव्यक्ति दिएकी छन् । प्रतिनिधि सभा विघटनपछि देखिएको राजनीतिक ‘सिनारियो’प्रति इङ्गित गर्दै थापाले यस्तो अभिव्यक्ति दिएकी हुन् ।
बिहीबार अपराह्न आफ्नो आधिकारिक फेसबुक ह्यान्डलमा एक स्थिति राख्दै यस्तो बताएकी थापाले अरूलाई सोधिने प्रश्न स्वयम् आफूलाई पनि सोध्नुपर्ने बताएकी छन् । ‘एउटा सानो काम गरौँ । हामीभित्र पनि एउटा कमजोर सत्ता छ र डराएर बाँच्छ भन्ने स्वीकार गरौँ’, थापाले उल्लेख गरेकी छन्, ‘हामी हाम्रो स्वाधीनता जोगाउन कति सक्षम छौँ ? अरूलाई मात्र कति सोध्नु ? आफूले आफैँलाई पनि सोधौँ ।’

तत्कालीन माओवादी केन्द्रबाट राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश गरेकी थापाले स्थितिमार्फत समग्र नेताहरूको ‘राजनीतिक प्रवृत्ति’को चित्रण गर्न खोजेकी छन् ।
कुनै जमाना नेपाली चलचित्र उद्योगमा एकछत्र राज गरेकी थापालाई ‘राजनीतिक चेत’ भएको नायिकाको रूपमा चिनिन्छ ।
२०७७ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








